सराङ्गकोट सहकारीद्वारा सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, श्रावण १२ ।
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले मुटुरोगी जमुना मुड्करीलाई २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष लोकबहादुर थापाको स्मृतिमा स्थापना गरिएको कोषमार्फत वर्षेनी सामाजिक सेवा कार्यहरु गरिदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आर्थिक कारोबार र रेडियो सराङ्गकोट प्रशारण गरिदै आएको छ । पोखरा ८ फिर्के राधाकृष्ण मन्दिरमा बस्दै दैनिक ज्यालामजदुरी गर्दै आएकी मुड्करी केही वर्षदेखि मुटु फोक्सो रोगको कारण पिडीत रहदै आउनु भएको थियो । केही दिन अघि स्थानीय द्वारा राहत उठाई हाल मणिपाल अस्पताल पोखराको मेडिकल वार्डमा उपचार गराउँदै आउनु भएको मुड्करीलाई सहयोग गरिदिन संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जि.सि.ले अनुरोध गर्नुभयो । राहत सहयोग वितरण गर्दै सहकारी प्रशिक्षक भिम गुरुङ्गले सहकारीमार्फत सामाजिक कार्यहरु हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष राममणि पौडेल, सहकारी व्यवस्थापक क्लवका पूर्व अध्यक्ष मिलन ढकाल, कोषका सदस्य श्यामकृष्ण थापा, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगायतले मुड्करीको स्वास्थ्य लाभको कामना सहित सहयोगका लागी अपिल गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला