पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ७ साउन ।
छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताउदै आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गर्दै मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उहाँको भनाई थियो ।

मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताउनुभयो काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राख्नुभयो ।
खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्दै बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उहाँको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उहाँको जोड थियो ।
नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताउदै मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने बताउनुभयो । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउदै उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उहाँको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उहाँले प्रष्ट पार्नुभयो ।
मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताउनुभयो । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उहाँको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उहाँको विश्वास छ ।
यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने जनाउदै अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उहाँले आभार व्यक्त गर्नुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए ।
कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गर्नुभएको थियो । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला