लुम्बिनी प्रदेश राष्ट्रपतिले रनिङ प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, ३० असार ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेश खेलकुद समितिको पहल तथा योजनामा सहभागी भएको खेलकुद प्रतियोगितामा विजेता भएको हो ।दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जितेको छ । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गरेका छ । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गयो ।

प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रच्नुभयो । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछ्नुभयो ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयाो । त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रच्नुभयो । छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

टिम च्याम्पियन बनेपछि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले आफ्नो कार्यकालमा खेलाडी र खेल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद दिनुभएको छ । साथै खेल जगतमा लुम्बिनी प्रदेशको नाम राख्न सफल सबैलाई खेलकुद परिषद लुम्बिनी प्रदेश समितको तर्फबाट धन्यावाद व्यक्त गर्दै आगामी दिनमा अझै विकास गरी अगाडि बढाउने बताउनुभयो ।

खेलकुदको विकासका निम्ति आफुले पछिल्लो समय मिहिनत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘आज एउटा सपना हाम्रो पुरा भएको छ । अब लुम्बिनी प्रदेशले खेलकुदको क्षेत्रमा भौतिक पुर्वाधारको विकाससँगै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अगाडी बढेको छ । हाम्रो लक्ष्य अन्तराष्ट्रिय पदक जित्ने खेलाडी उत्पादन गर्ने हो । त्यसका प्रदेशको खेलकुद नितिलाई समेत परिमार्जन गरेर अगाडी बढिरहेका छौं । ’

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।

भलिबल :

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो । कर्णाली तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।

कबड्डी :

कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा बागमतिकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला