‘नाइँ नभन्नु ल ६’मा आँचल

नगेन न्यूज
  • ख-
  • ख+

विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । ‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् । उमेर बढेका कारण फिल्ममा उनको भूमिका नरहने आचार्यले बताए ।

केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’का विषयमा औपचारिक जानकारी दिइने बताइएको छ । फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने पनि निर्देशक आचार्यले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला