फिल्म ‘पेन्सन पट्टा’ को फस्ट लुक सार्वजनिक, २६ भदौमा रिलिज हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । रङ्गमञ्च तथा चलचित्रका दिग्गज कलाकार माओत्से गुरुङको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को पहिलो झलक (फस्ट लुक पोस्टर) सार्वजनिक भएको छ ।
प्रदर्शन तयारीमा रहेको फिल्मले प्रचारप्रसार सुरु भएको जनाउँदै पोस्टर ल्याएको छ ।

निर्माण टिमले फिल्मको प्रचारप्रसार सुरु गर्दै भिन्न शैली र अर्थ बोकेका ३ वटा आकर्षक पोस्टरहरू बजारमा ल्याएको हो ।
यो फिल्म आगामी २६ भदौदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने पक्का भएको छ ।
सार्वजनिक गरिएका पोस्टरहरूले फिल्मको मूल कथावस्तु, पात्र र परिवेशलाई प्रस्ट्याएका छन् ।
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु, पात्र र परिवेशलाई चित्रण गर्छन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा भन्ने जनाइएको छ ।

फिल्ममा स्वयं निर्देशक माओत्से गुरुङ मुख्य भूमिकामा देखिनुका साथै मुख्य कलाकारहरू दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, र लुनिभा तुलाधर रहेका छन् ।
छायांकन सुसन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गर्नुभएको छ ।

निर्मातामा मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ छन् । फिल्मलाई विभिन्न देशमा प्रदर्शनमा ल्याउने तयारी भैरहेको जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला