नयाँ मिस नेपालको खोजी शुरु, देशभर अडिसन हुने, पोखरामा आज हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १९ । द हिडन ट्रेजरद्वारा आयोजित नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस नेपाल २०२६” का लागि आवेदन खुला भएको छ ।
यस संस्थाले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपाल प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीहरूले प्रतियोगितामा सहभागिताका लागि जेठ २५ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन शुल्क भने निःशुल्क रहेको आयोजकले जनाएको छ ।
यस वर्षको मिस नेपाल २०२६ को ग्रान्ड फिनाले श्रावण १६ गते शनिबार काठमाडौंको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ। विषेशगरी यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिने आयोजकको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरुका लागि न्यूनतम मापदण्ड तोकिएको छ । जसअन्तर्गत उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २६ वर्षबीच हुनुपर्ने छ । यस्तै प्रतियोगितामा सहभागी हुने प्रतियोगीसँग नेपाली नागरिकता अनिवार्य हुनुपर्ने छ भने विदेशमा बसोबास गर्ने नेपाली युवतीहरूको हकमा गृह मन्त्रालयद्वारा जारी गैरआवासीय नेपाली -एनआरएन) कार्ड आवश्यक पर्नेछ ।
नयाँ मिस नेपालको खोजीका लागि आयोजकले बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरलगायत देशका प्रमुख शहरहरूमा अडिसन सञ्चालन गर्ने जनाएको छ ।
त्यसैगरी काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन अभियान’ पनि चलाइनेछ । प्रतियोगिताको अन्तिम अडिसन आगामी जेठ २६ गते काठमाडौंमा हुनेछ ।

 

अन्तिम चरणमा छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेसम्म विशेष प्रशिक्षण, ग्रुमिङ तथा व्यक्तित्व विकासका सेसन प्राप्त गर्नेछन् । यस वर्षको प्रतियोगितामा कजारिया रमेश टाइल्स लिमिटेड मुख्य शीर्ष प्रायोजकका रूपमा जोडिएको छ भने श्री नटराज ज्वेलर्स सह-प्रायोजक तथा आधिकारिक क्राउन पार्टनर बनेको छ । प्रतियोगितासम्बन्धी विस्तृत जानकारी तथा आवेदनका लागि इच्छुकहरूले मिस नेपालको आधिकारिक वेबसाइट www.missnepal.com.np वा Miss Nepal मोबाइल एपमा लग इन गरीमिस नेपाल २०२६ को आवेदन दिन सकिने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला