‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट मूर्तिकार ठाकुरप्रसाद मैनाली अभिनन्दित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । नेपाली मूर्तिकार समूह ‘आरम्भ’द्धारा वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित हुनुभएको छ ।

मूर्तिकार मैनालीको ९०औं जन्मदिनका अवसरमा काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित एक कार्यक्रम बीच उहाँलाई अभिनन्दन गरेको हो ।
मूर्तिकार मैनालीले आफू ‘नेपाली आधुनिक मूर्तिकला रत्न’ले अभिनन्दित हुन पाउँदा धेरै खुसी लागेको बताउनुभयो ।
यस सम्मानले पाउँदा ९० वर्षको उमेरमा पनि कला सिर्जना गर्ने हौसला मिलेको उहाँको भनाइ थियो । उहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपति लालकाजी लामाले कलाकारद्वारा कलाकारका सम्मानका लागि गरिएको अभिनन्दन उदाहरणीय रहेको बताउदै नेपाली आधुनिक मूर्तिकला क्षेत्रमा नयाँ कलाकारको प्रेरणाको स्रोतका रूपमा वरिष्ठ मूर्तिकार मैनालीको योगदानलाई राज्यले सम्झनुपर्ने बताउनुभयो ।
आरम्भका अध्यक्ष सुदर्शन विक्रम राणाले जुन समयमा परम्परागत मूर्ति अर्थात् देवीदेवताका बाहेक मूर्ति नै बन्दैनथ्यो, त्यस्तो बेलामा नेपालमा आधुनिक मूर्तिकला भित्र्याउने र बनाउने कार्य थाल्ने कार्यमा उहाँको ठुलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ सौरगंगा दर्शनधारी, वरिष्ठ मुर्तिकार डा. लय मैनाली, भुवन थापा, रमेश खनाल, वरिष्ठ मूर्तिकार नरेन्द्रबहादुर श्रेष्ठ, मूर्तिकार गंगाधर सारू, मुर्तिकार ओम खत्री, कलाकार सुनीता राणा, मुर्तिकार पुष्पाञ्जली शेरचन, प्राज्ञ सभा सदस्य नरेन्द्र भण्डारी, सुरेम देशार लगायतको उपस्थिति थियो ।

राणाले युवादेखि अग्रज मूर्तिकारलाई प्रोत्साहित गर्दै र अग्रजलाई सम्मान गर्दै उहाँहरूका कलालाई विश्वसामु र्पुयाउने लक्ष्य आरम्भले लिएको जनाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला