‘प्रज्ञा’ को अर्थ बुद्धि, विवेक, वा ज्ञान हुन्छ। यो संस्कृतबाट आएको शब्द हो, जसले उच्च ज्ञान वा चेतनालाई जनाउँछ।
दर्शनमा यसलाई उच्च कोटीको चेतना वा सत्यको अनुभूति मानिन्छ। यो केवल जानकारी हैन, व्यक्तिगत अनुभवसँग जोडिएको हुन्छ।
बौद्ध परम्परामा यसलाई प्रज्ञापारमिता भनिन्छ, जसको अर्थ हुन्छ सबै क्लेशबाट मुक्त गर्ने सर्वोच्च अन्तर्दृष्टि। यो सत्यलाई प्रत्यक्ष देख्ने क्षमता हो।
सांख्य दर्शनमा, यसलाई बुद्धि वा विवेकको त्यो स्वरूप मानिन्छ, जसले पुरुष अर्थात् चेतनालाई प्रकृतिका गुणहरूबाट अलग गराएर मुक्त हुन मद्दत गर्छ।
योग दर्शनमा यसलाई चित्तको निर्मलतासँग जोडिन्छ, जसले ‘ऋतम्भरा प्रज्ञा’ अर्थात् सत्यलाई मात्र प्रस्तुत गर्ने विवेक प्रदान गर्छ।
त्यसैले, प्रज्ञा भनेको केवल बौद्धिकता हैन; यो यस्तो गहिरो बोध हो जसले मानिसको जीवन र दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्छ।
व्यावहारिक रूपमा यसले सही निर्णय लिने र जीवनका उतार-चढावमा सन्तुलित रहने क्षमतालाई जनाउँछ, जसले तनाव कम गर्न मद्दत गर्छ।
ज्ञान र कर्मको सही सन्तुलन नै प्रज्ञा हो, जसले मानिसलाई निरन्तर सिक्ने र परिपक्व हुने प्रेरणा दिन्छ।
संक्षेपमा, प्रज्ञा भनेको गहिरो बोध, विवेक, र यस्तो आन्तरिक सन्तुलन हो, जसले सत्यलाई चिनेर जीवनलाई सकारात्मक दिशातिर बदल्छ।
‘प्रज्ञा’ शब्द संस्कृत मूलको हो, जसको अर्थ चेतना वा बुद्धिमत्ता हुन्छ। तर ‘प्रज्ञा प्रतिष्ठान’ जस्तो राष्ट्रिय संस्थाको रूपमा यसको परिकल्पना र स्थापना वि.सं. २०१४ साल आसपास बाटै सुरु भएको हो।
वि.सं. २०१४ अघि यस्तै संस्थागत स्वरूप थिएन। यद्यपि, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतका व्यक्तित्वहरूले राष्ट्रिय स्तरको प्रज्ञा प्रतिष्ठानको आवश्यकता बारे पहिले नै आवाज उठाउनुभएको थियो।
राजा वीरेन्द्रको संरक्षकत्वमा वि.सं. २०२२ सालमा स्थापित ‘नेपाल ललितकला संस्था’ लाई पछि वि.सं. २०३४ सालमा राजकीय प्रज्ञा-प्रतिष्ठान अन्तर्गत गाभिएको थियो। कलाकारहरूको लामो संघर्षपछि, यो संस्था वि.सं. २०६६ सालमा छुट्टै स्वायत्त निकायका रूपमा पुनर्गठन भएको हो। साथै, अहिले ,
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान रहेका छन्।
लामो संघर्ष र वि.सं. २०६४ को ऐन अनुसार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई वि.सं. २०६६ सालमा एउटा छुट्टै स्वायत्त संस्थाको रूपमा स्थापना गरियो।
वि.सं. २०१४ मा स्थापित प्रज्ञा प्रतिष्ठान, पछि तीन वटा स्वायत्त प्रतिष्ठानमा विभाजित भएपछि, वि.सं. २०७१ मा बल्ल ५७ वर्षपछि पोखरेली कलाकारहरूको केन्द्रीय मञ्चमा औपचारिक उपस्थिति संभव भएको थियो।
जसमा पोखराबाट केन्द्रीय प्रज्ञा-प्रतिष्ठानमा योगदान दिनेहरूमा नगेन सिंह ठकुरी र रमेश श्रेष्ठ २०७१ सालमा र २०७५ सालमा बुद्धि गुरुङ जस्ता अग्रज कलाकारहरूदेखि वर्तमानमा नारायण गुरुङ र ईशान परियारसम्मको योगदान कला क्षेत्रका लागि साँच्चिकै महत्वपूर्ण छ।
‘प्रज्ञा प्रतिष्ठान’ संस्था भयो भने, ‘प्राज्ञ’ भनेको उच्च ज्ञान, विवेक र विद्वत्ता भएको व्यक्ति वा विद्वानलाई बुझाउने शब्द हो। साधारण भाषामा भन्नुपर्दा, प्रज्ञाका ज्ञानी र सम्मानित व्यक्तिहरू हुन्।
विस्तृत रूपमा, प्राज्ञ भन्नाले गहिरो अध्ययन, अनुसन्धान वा साधनाद्वारा उच्च स्तरको विद्वत्ता हासिल गरेको व्यक्तिलाई बुझाउँछ। केवल जानकार मात्र नभएर, विषयवस्तुको मर्मज्ञ, चिन्तक र समाजमा बौद्धिक नेतृत्व प्रदान गर्ने मार्गदर्शक दिन्छन्।
प्राज्ञको अर्थलाई अझ फराकिलो बनाएर हेर्दा, केवल किताबी ज्ञानमा सीमित नभएर जीवन र जगतको मर्म बुझेका व्यक्ति हुन्। आफ्नो साधना र चिन्तनद्वारा न केवल नयाँ ज्ञानको खोजी गर्छन्, बल्कि पुरानो ज्ञानको संरक्षण र समयानुकूल व्याख्या पनि गर्छन्। समाजमा विद्यमान जटिल समस्याहरूको समाधान खोज्न, सांस्कृतिक चेतना जगाउन र नीति निर्माणमा बौद्धिक योगदान पुर्याउन प्राज्ञहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ। संक्षेपमा, प्राज्ञ भनेको विचार र आचरणको उच्च आदर्श बोकेको मार्गदर्शक हो।
समाजका ‘थिम्स अफ इन्टलेक्चुअल’ वा बौद्ध चेतनाका संवाहक हुन्, जसले आलोचनात्मक सोचलाई प्रवर्द्धन गर्छन्। आफ्नो ज्ञानलाई केवल व्यक्तिगत सन्तुष्टिको लागि मात्र नभई, सामूहिक हित र सत्यको खोजीमा लगाउने भएकाले समाजका नैतिक र बौद्धिक मेरुदण्ड मानिन्छन्।
परम्परा र आधुनिकताबीचको सेतुको काम गर्छन्, समाजको सामूहिक स्मृति र भविष्यको दृष्टिकोता बनेर समाजलाई सही बाटो देखाउने काम गर्छन्।
समाजको बौद्धिक धरातल बलियो बनाउँदै, सांस्कृतिक सम्पदाको संरक्षण र नविनतम चिन्तनको विकासमा निरन्तर योगदान पुर्याउँछन्।
नयाँ पुस्तालाई ज्ञान र अनुभव हस्तान्तरण गर्दै समाजमा प्रज्ञाको निरन्तरता सुनिश्चित गर्छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे र बालकृष्ण सम जस्ता व्यक्तित्वहरूलाई नेपालमा उच्च प्राज्ञ मानिन्छ। उहाँहरूले साहित्य, संस्कृति र दर्शनमा पुर्याउनुभएको योगदान अतुलनीय छ।
अन्तमा, केन्द्रीय प्रज्ञा प्रतिष्ठानको बौद्धिक उचाइ र पोखरेली स्रष्टाहरूको साधनाको मिलनबिन्दु नै यस लेखको सार हो। प्राज्ञहरू केवल सिर्जनामा मात्र नलागी, स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सक्रिय छन्। पोखरेली कलाकारहरूको यो उपस्थिति क्षेत्रीय गौरव मात्र नभएर, समग्र नेपाली वाङमयलाई समृद्ध बनाउने राष्ट्रिय धरोहर हो।
जय कला क्रान्ति !!!















