चित्रकला २८ अर्ब भन्दा बढीमा बिक्री

नगेन न्यूज
  • ख-
  • ख
  • ख+

न्युयोर्क — विश्वप्रसिद्ध डच कलाकार भिन्सेन्ट भान गगको अन्तिम जीवनकालको उत्कृष्ट कलाकृति ‘चेस्टनट ट्रीज इन ब्लसम’ ले नयाँ इतिहास रचेको छ। न्युयोर्कस्थित सोथबी लिलामी गृहमा भएको प्रतिष्पर्धामा यो पेन्टिङ कीर्तिमानी १९ करोड ४ लाख अमेरिकी डलर यानी लगभग २८ अर्ब ४५ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्राप्त जानकारी अनुसार, यो ऐतिहासिक कलाकृति प्रसिद्ध न्युयोर्कका कला व्यवसायी विलियम अक्वाभेलाले खरिद गर्नुभएको हो।

सन् १८९० मा फ्रान्सको ओभर-सुर-ओआजमा कोरिएको यो चित्र विगत ६० वर्षयता निजी संग्रहमा थुुनिएर बसेको थियो। लिलामीको केही समयअघि नाजी कालमा बाध्यात्मक बिक्री भएको भन्दै पूर्व मालिकका उत्तराधिकारीहरूले दाबी प्रस्तुत गरेपछि यसको बिक्री केही समय विवादित बनेको थियो। तर अन्तिम क्षणमा दुवै पक्षबीच गोप्य सहमति भएपछि लिलामीको बाटो खुलेको हो।

यसअघि भान गगको ‘ह्विट फिल्ड विथ साइप्रिसेस’ नामक चित्र ११ करोड ७२ लाख डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) मा बिक्री भएर सर्वाधिक महँगोको सूचकांकमा थियो। नयाँ बिक्रीले उक्त रेकर्डलाई निकै पछाडि छाडिदिएको छ। कला विश्लेषकहरूका अनुसार, भान गगले आफ्नो अन्तिम समयमा प्रकृतिको जीवन्तता र आफ्ना भित्री भावनालाई क्यानभासमा उतारेको यस कृतिले कला बजारमा नयाँ तरंग ल्याएको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला