पर्यटन क्षेत्रबाट साढे १४ अर्बको आम्दानी

नगेन न्यूज
  • ख-
  • ख+

कोरोना भाइरस (कोभिड-१९) को महामारी कम हुँदै जाँदा पर्यटक आगमनमा केही सुधार देखिएको छ । यसबाट पर्यटनका माध्यमबाट मुलुकले गर्ने आयमा समेत सुधार हुँदै गएको तथ्यांकले देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार सन् २०२२ को मार्चसम्म पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो । सो वर्ष ७ अर्ब २६ करोड रुपैयाँ मात्र पर्यटन क्षेत्रका माध्यमबाट आय भएको थियो ।

 

तथ्यांक अनुसार सन् २०२२ को पहिलो तीन महिनामा पर्यटक आगमन ७८ हजार ७ सय ४७ पुगेको छ । कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष पर्यटक आगमन नराम्रोसँग प्रभावित बनेको थियो । सन् २०२१ को पहिलो तीन महिनामा ३२ हजार ९ सय ९७ जना मात्र पर्यटक नेपाल आएका थिए । यो आंकडामा क्रमशः सुधार हुँदै जाँदा पर्यटन आयमा समेत सकारात्मक संकेत देखिन थालेको हो ।

समग्र सेवा क्षेत्रको आय भने ऋणात्मक

पर्यटन आय नेपालको सेवा व्यापारको एक महत्वपूर्ण हिस्सा हो । चालु आर्थिक वर्षको ८ महिना (फागुन मसान्त)सम्म नेपालमा सेवा क्षेत्रको आय ६८ अर्ब १ करोड पुगेको छ ।

यो वर्ष आर्थिक वर्षको यसै अवधिको तुलनामा ३१.६ प्रतिशत धेरै हो । सो आवमा ८ महिनाको अवधिमा सेवा क्षेत्रले ५१ अर्ब ६८ करोड रुपैयाँ आय गरेको थियो । तर, सेवा क्षेत्रमा खर्च भने १ खर्ब ३५ अर्ब २ करोठ रुपैयाँ पुगेको छ । अर्थातः सेवा आय ६७ अर्ब २ करोड रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।

गत आर्थिक वर्षको ८ औं महिनासम्म सेवा खर्च ९५ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । सेवा आय ऋणात्मक बन्नुमा भ्रमण र शिक्षा क्षेत्रको प्रयोजनका लागि ठूलो रकम विदेशीनु मुख्य कारण हो । यसलाई सकारात्मक बनाउने गरि पर्यटक आगमन सुधार नहुँदा नेपालको सेवा क्षेत्र भने ऋणात्मक बनेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला