खोटाङको मझुवागढीमा राष्ट्रिय मूर्तिकला कार्यशाला र सम्मान कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

खोटाङ, १३ असार । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानले यही असार १३ गतेदेखि २१ गतेसम्म खोटाङको मझुवागढीमा मा मझुवागढी प्रस्तर मूर्तिकला कार्यशाला एवम् विभिन्न सम्मान गरिनेभएको छ ।
भौगोलिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको खोटाङको मझुवागढीको गरिमालाई उचो राख्न कार्यशाला आयोजनासँगै कलाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्न लागिएको अभियानका संयोजक नकुल सिंहले जानकारी दिनुभयो ।

कार्यशालाका अवसरमा देशका विभिन्न जिल्लाका ख्यातीप्राप्त बरिष्ठ मूर्तिकारहरू इन्दिरा श्रेष्ठ चितवन, प्राज्ञ ओम खत्री बागलुङ, प्राज्ञ भुवन थापा गुल्मी, विक्रम श्रि सुनसरी, कृष्ण चौलागाईं सुनसरी, कुसल ठटाल सिन्धुली, गोपी श्रेष्ठ, सर्लाही, चित्र बहादुर थापा मगर “सुमन” सिन्धुली, युवराज लामिछाने, पोखरा, आयुष सुनार रुपन्देही, विदुर पौडेल, स्याङ्जा, नकुल सिंह लेखनाथ, नर बहादुर बि.के., नवलपरासी, नवीन रम्तेल, रामेछाप, सुष्मा श्रेष्ठ काभ्रेपलान्चोक, राजन महर्जन ललितपुर , धिरज राई उदयपुर, प्राज्ञ नगेन सिंह, कास्की रहेका छन् ।
भौगोलिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको मझुवागढीको गरिमालाई कलामा उतार्ने महाअभियन्ता विश्व कला यात्री प्राज्ञ नगेन सिंह राङखानीले बताउनुभयो ।

“कार्यशालामा सहभागी कलाकारले समसामयिक र परम्परागत अवधारणामा आधारित रहेर मूर्त एवम् अमूर्त शैलीमा प्रस्तर -ढुङ्गा) का मूर्तिहरू सिर्जना गर्नुुहुनेछ”, उहाँले भन्नुभयो, “यसबाट नेपाली कलाकारहरू वैश्विककला बजार र आधुनिक चेतनासँग सिधै प्रतिष्पर्धा गर्ने सामथ्र्य राख्नेछन् ।”
विशिष्ट कलाकारद्वारा सिर्जना गरिएका यी कृतिहरूको विश्वव्यापी प्रचारप्रसार गरिने र यसले स्थानीय स्तरमा सांस्कृतिक पर्यटनको ढोका खोल्ने र रोजगारीका अवसर समेत सिर्जना गर्ने विश्वास लिइएको नगर प्रमुख तिर्थराज भट्टराईले बताउनुुभयो ।
नौ दिने कला साधनाबाट निर्मित मूर्तिहरूलाई कार्याशाला पश्चात मझुवागढी खुल्ला संग्रहालयका रुपमा संरक्षण गरिने र यो गन्तव्य कला अनुरागी, अनुसन्धानकर्ता र भावी पुस्ताका लागि जीवन्त केन्द्र बन्ने आयोजकले जनाएको छ ।

कार्याशालाकै अवसरमा कलाका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान गरे वापत राष्ट्रिय समाचार समिति -रासस) बागमती प्रदेशका प्रमुख वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

उहाँलाई नगद पुरस्कार सहित सम्मानपत्र र दोशल्लाबाट सम्मान गर्न लागिएको नगर प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनुुभयो ।
कार्याशालाको समापनका अवसरमा असार २१ गते विशेष समारोहका बीच उहाँलाई सम्मान गरिनेछ ।
कार्यक्रमकै अवसरमा कलाका क्षेत्रमा विशिष्ट योगदान गर्ने अन्य विभिन्न व्यक्तित्वलाई पनि कला क्रान्ति अवार्डले सम्मान गर्न लागिएको सहसयोजक अशोक आचार्यले बताउनुुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला