काठमाडौं । कान्तिपुर थिएटरले नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्ने भएको छ । २४ कात्तिकदेखि २० मंसिरसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुने प्रेषित विवरणमा उल्लेख छ ।
कान्तिपुर थिएटरले यसअघि रेखा थापालाई डेब्यु गराएको नाटक मीरा र लामो समयपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक शिरीषको फूल को सफल मञ्चनपछि महारानीको जात्रा मञ्चन गर्न लागेको हो ।
नयाँ नाटकमा अभिनत्री उषा रजक र राज न्यौपानेसहित सुहाना आचार्य र निकिता आचार्यलाई मञ्चमा उतार्दैछ ।
लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले नाटक परिकल्पना, निर्देशन गर्नुभएको हो ।
रेमश पुरीको निर्माणमा तयार हुने नाटकका अन्य कलाकारमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, श्वेता चौलागाईं र कुशल बास्कोटा छन् ।
नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीका लागि प्रवेश शुल्क ३०० रुपैयाँ र साधारण दर्शकका लागि ५०० रुपैयाँ तोकिएको छ ।















