पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ, १९ कार्तिक । पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताउनुभयो ।

सेफर्ड कलेजका क्याम्पस प्रमुख कविता शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताउनुभयो ।
पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएकोले सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको उल्लेख गर्नुभयो ।
दुबै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुन्छ ।
वास खवर डिजिटल पत्रिकाका सम्पादक समेत रहेका विनोद धौलागिरि नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला