पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।
रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले वताउनुभयो ।
सो अवसरमा पहिलो रक्तदातालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठ, अनमोल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सचिव एक नारायण भण्डारी लगाएतले वोलेका थिए ।














