नेपाल जेसीज (JCI Nepal) का अनुभवी र समर्पित नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कार्की रामेछाप जेसीजको आधिकारिक प्रस्तुति (Representation) का रूपमा यो महत्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो । नेतृत्वको यात्रा र पृष्ठभूमिः रामेछापको चुनौतीपूर्ण परिवेशबाट नेतृत्वको यात्रा सुरु गरेका जेसी कार्कीको कथा संघर्ष, समर्पण र रूपान्तरणको प्रतिमूर्ति हो । सन् २०१५ मा JCI Ramechhap बाट सदस्यता लिनुभएको उहाँ सन् २०२१ मा शाखा अध्यक्ष बन्नुभयो ।
त्यसपछि, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेर उहाँले संगठनलाई नीति, प्रशिक्षण र सहकार्यमा नयाँ दिशा प्रदान गर्नुभएको थियो ।
ईटहरी जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिबेशनमा राष्ट्रिय अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा उहाँले इमानदार, शालीन र प्रेरणादायी नेतृत्वको छवि स्थापित गर्दै “He won by heart but lost by vote cast “ को उपमा प्राप्तगर्नुभएको थियो ।
संकल्प २०२६ र संगठनको भिजनः जेसी कार्कीले आफ्नो उम्मेदवारीलाई ‘Project Sankalpa २०२६ — “एकताको संकल्प, रूपान्तरणको यात्रा” नाम दिनुभएको छ । उहाँको मुख्य विषयवस्तु तथा उहाँको प्रकरण “Aim • Act • Achieve” रहेको छ । उहाँको कार्यदिशामा नेतृत्वलाई पदको सट्टा जिम्मेवारीका रूपमा लिने सोच रहेको छ ।
कार्कीले स्पष्ट रूपमा लक्ष्य निर्धारण गर्ने, दृढताका साथ कार्यन्वयन गर्ने, र सफलता हासिल गर्ने प्रक्रियामार्फत रूपान्तरणको यात्रा सम्भव हुने बताउनुभएको छ ।
प्रतिबद्धताहरूः जेसी कार्कीले एकता, सहकार्य र स्पष्ट कार्यदृष्टिका माध्यमबाट जेसीजलाई अझ प्रभावशाली, सक्षम र भविष्य–उन्मुख बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आगामी यात्रालाई व्यक्तिगत नभई साझा प्रगतिको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
“Project Sankalpa २०२६” मार्फत जेसी कार्कीले JCI Nepal भित्र युवा, महिला र सबै अध्यायहरूबीच सहकार्य, पारदर्शिता र समावेशीताको भावनालाई पुनर्जीवित गर्ने लक्ष्य लिनुभएको छ । उहाँको उद्देश्य JCI Nepal लाई केवल एक संगठन मात्र नभई राष्ट्र निर्माणको प्रेरणा बन्न सक्नेगरी सशक्त बनाउनु रहेको छ ।















