एसिया अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्ड भारतमा सुरु

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक । एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ ।

एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोट्र्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन् । जसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को टोली पनि सामेल छ ।

नेपालका तर्फबाट जय प्रताप मास्के, रविन सुनुवार, र विपासना तामाङ प्रतिस्पर्धा गर्दै छन्। उहाँहरूले मेल सोलो, मेल डबल, फिमेल सोलो र मिक्स डबलजस्ता विभिन्न वर्गमा सहभागिता जनाइरहनुभएको छ ।
टोलीका म्यानेजर नासा नेपालका सचिव आशिष रौनियार हुनुहुन्छ ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २ तारिखमा गुडगाउँस्थित ट्रयाकमा हुनेछ । यसअघि यो सिरिज काजाकिस्तान र श्रीलंकामा सम्पन्न भइसकेको छ भने बाँकी राउण्डहरू ताइवान र उज्बेकिस्तानमा हुनेछ ।

नेपाली ड्राइभरहरूले पछिल्ला वर्षहरूमा एसिया प्यासिफिकका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत महिना मात्र आशिष भारतीले एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जित्नुभएको थियो ।
एफआईएद्वारा मान्यता प्राप्त यो खेल हाल विश्वभर लोकप्रिय बन्दै गएको छ । नासा नेपालले मोटरस्पोट्र्स, मोटरसाइकलिङ, सिम रेसिङ, पावर बोटिङ, कार्टिङ र ड्रोन प्रतियोगिताहरू मार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने प्रयास गरिरहेको छ ।

एशियाबाट एक दशक अगाडि सुरु भएको अटो जिमखाना विश्वकै मोटर स्पोट्र्समा लोकप्रिय बिधाको रूपमा स्थापित भइसकेको छ र यसलाई मोटर स्पोट्र्सको अन्तर्राष्ट्रिय गवर्निङ बडी एफआईएले समेत इन्डोर्स गरिसकेको छ । ठ्याक्कै डेढ दशक अघि नेपालमा संस्थागत रुपमा प्रवेश गरेको मोटर स्पोट्र्स आज दर्जनौं राष्ट्रिय प्रतियोगिता र आधा दर्जन हाराहारीका अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई सहभागी गराइरहेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर स्पोट्र्स, मोटरसाइकलिङ स्पोट्र्स, पावर बोटिङ, कार्र्टस्, सिम रेसिङ तथा ड्रोनसम्मका विभिन्न प्रतियोगिताहरूलाई सार्वजनिक गरिसकेको छ ।
जसबाट उत्कृष्ट खेलाडीहरुले विश्वका आफूलाई स्थापित गर्ने अवसर प्राप्त गरिरहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला