
पोखरा । कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ ।
स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताउनुभएको थियो ।
क्लबका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने,स्थानीय भाषा, गीत, नृत्य, पोशाक, परम्परा र हस्तकला जस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउँने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरी आयमा वृद्धि गर्ने अपेक्षा आपूmले गरेको वताउनुभयो ।
उहाँले भरतपोखरीका युवाहरुले संगठित भइ खेलकुद, मनोरञ्जनात्मक गतिबिधि लगायत समग्र शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार वातावरण संरक्षण लगायतका विकास निर्माणका कार्यमा सहजीकरणको भूमिका खेल्न महोत्सव महत्वपूर्ण हुने विश्वास लिएको उल्लेख गर्नुभयो । महोत्सव सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले महत्वपूर्ण बनाउन क्लबलाई सुझाव दिनुभयो ।
लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,निवर्तमान अध्यक्ष कविराज खनाल,स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल,नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मा र पुष्प दाहाल,रेडियो सराङ्गकोटका कमल पौडेल अथक, नेशनल एफ एमका सन्दिप पौडेल, रामशरण नेपाली लगायतका पत्रकारहरुका जिज्ञासाको उत्तर दिंदै क्लबका अध्यक्ष देबेन्द्र सापकोटाले सांस्कृतिक संरक्षण ,सामाजिक एकता, आर्थिक प्रवद्र्धन,पर्यटन आकर्षण, शिक्षा ,चेतनाका लागि महोत्सव गरिन लागेकाले सञ्चारकर्मीैहरुको सहयोगको आशाा गरेका थिए ।
महोत्सवमा जम्मा १४५ स्टल रहनेमा ७० बढी बुकिङ्ग भैसकेको उहाँले जानकारी दिनुभयो ।
विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा,कृर्षि,बैक बित्तिय, रेष्टुरेण्ट लगायतका स्टलहरु रहने भएका छन् ।
बालउद्यान , रत्यौली विद्यालयस्तरीय नृत्य रहने आयोजकले जनाए ।
शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवद्र्धन गर्न २०७० साल स्थापित संस्था हो ।
स्थापना कालदेखि नै विविध सामाजिक कार्यहरू गर्दै आइरहेको यो क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद र युवाहरूको प्रतिभा प्रवद्र्धनमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।
भरतपोखरीमा वि सं २०६९ सालमा पनि स्थानीय बरेली युवा क्लबको आयोजनामा प्रथम भरतपोखरी हुँडीकोट महोत्सव सम्पन्न भएको थियो भने यसपटक बाघमारा महोत्सव गर्न लागिएको हो ।
महोत्सव सम्पन्न गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान क्लबको रहेको छ ।