नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ को पोस्टर सार्वजनिक, असोज ३ गतेदेखि मञ्चन हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, भदौ १५ । पद्माप्रेम थिएटरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन गर्ने भएको छ ।
पद्माप्रेम थिएटरको फेसबुकमा आज पोस्टर सार्वजनिक गर्दै लेखक साबित्रा पाठक (सवु )ले पद्माप्रेम थिएटरले यसअघि गरेको मञ्चनबाट सिकेका अनुभव र कमजोरी सच्याउँदै यसपालिको प्रस्तुति अझ उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।
नाटक आगामी असोज ३ गतेदेखि ६ गतेसम्म पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने कार्यक्रम तय गरिएको छ ।

लेखक साबित्रा पाठक (सवु) द्वारा लेखिएको नाटक गोविन्द पराजुलीले निर्देशन गनुभएको छ ।
नाटक प्रत्येक दिन बेलुकी ५ बजे प्रस्तुत गरिनेछ भने असोज ६ गते दिउँसो १ बजे पनि अतिरिक्त शो राखिएको छ ।

नाटकमा कलाकारहरू गोविन्द पराजुली, रोशनी रामदाम, सितला अधिकारी, अभिषेक भुसाल र प्रदीप गौतम ‘प्रमोद’ ले अभिनय रहनेछ ।
हेमन्त पराजुली ‘हितैषि’ ले व्यवस्थापनमा हुने नाटकको संगीतमा जय चापागाईं, प्रचार–प्रसारमा ज्योति हमाल र मनिषा लामिछाने रहेका छन् । पोस्टर डिजाइन सुरक्षा दाहालले गर्नुभएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला