
पोखरा,भदौ १२ । स्किल सेवाले पोखरामा पहिलो पटक घर निर्माण फेस्ट २०८२ (महोत्सव) आयोजना गर्न गइरहेको छ ।
स्किल सेवा पोखरामा पत्रकार सम्मेलन गरी नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्वन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अवसरको रुपमा प्रस्तुत गरिएको जनाएका छन् ।
भदौ १३ र १४ गते अमरसिंह चौर पोखरामा हुने यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् जसमा विभिन्न निर्माण सम्वन्धित कम्पनिहरु र बैकंको स्टल पनि रहने कम्पनीले जनाएको छ ।
महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीन अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने अपेक्षा राखेको छ ।
कम्पनिका अनुसार यस कार्यक्रम मार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उपायहरुको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे पनि सिकाउने छ ।
घर निर्माण फेस्टमा लेवर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेपहरु बारे जानकारी दिइएने बताएका छन् ।
प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने छन् ।
यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने छन् जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।
यस कार्यक्रमवाट लाभ उठाउन आह्वान गर्दै कार्यक्रम संयोजक तथा स्किल सेवा पोखराका सञ्चालक समन कुवँरले हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो त्यसैले यस सम्पत्तीलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक रहेको बताउनुभयो ।
उक्त फेस्टमा करिव पांच हजार भन्दा बढिको सहभागीता हुने आंकलन गरिएको आयोजकले जनाएको छ ।