लामाचौर तीज महोत्सवमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा वेशलाईन ऐकेडेमी प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लामाचौर तीज महोत्सव २०८२ सोमबार दोस्रो दिन पनि जारी रह्यो । नव आदर्श सामुदायिक विकास समाजको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित २७ औं संस्करणको तीज महोत्सवको दोस्रो दिन उल्लेख मात्रमा दर्शनको सहभागिता रहेको समाजले जनाएको छ ।

सोमबार अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो। पोखराका विभिन्न १५ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा वेश लाईन ऐकेडेमी प्रथम, सुर्योदय बोडिङ्ग स्कुल द्वितीय, सोसियल पब्लिक स्कुल तृतीय र सेन्ट मेरिज , सरस्वती आदर्श विद्याश्रम र भाष्कर मेमोरियल स्कुल सान्त्वना भएका छन्। कास्की मोडनाईज्ड स्कुलले भने उत्कृष्ट भेषभुषा जितेको छ ।

प्रतिस्पर्धी विद्यालयको मुल्यांकन मनकुमार श्रेष्ठ, रविन गुरुङ र महादेव न्यौपानेले गरेका थिए । त्यस्तै तीज गीत प्रतियोगिता तर्फको नतिजा मगंलबार सार्वजनिक हुने छ । कार्यक्रममा चर्चित लोक दोहोरी गायक राजु ढकाल, जानकी तरामी मगर, शिव हमाल र माया गुरुङले आफ्ना तीजे भाका प्रस्तुत गरेका थिए । राजु र जानकीले केही नयाँ र पुराना प्रस्तुती राख्दा दर्शकहरु भने छमछमी नाचेका थिए । सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।

यस अघि दोस्रो दिनको कार्यक्रमको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गर्दै यस्ता मेला महोत्सवले कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने बताउनुभयो ।

महोत्सवको अन्तिम दिन मंगलबार लामाचौर कप पुरुष भलिबल र अन्तर मावि छात्रा भलिबलको फाइनल, श्रष्ट्रा सम्मान र छात्रवृत्ति वितरणका साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

यसैविच जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरे । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि।एम। समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि।एम। समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।
यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् ।

महोत्सवको समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा हुने बताइएको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक तर्फ ५० स्टल राखिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला