गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पा¥यो ।

कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हासिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार ३३३ र तेस्रो हुने पर्वतले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । बागलुङ र स्याङ्जा सान्त्वना बने । उहाँहरुले समान ११ हजार १११ हजार रुपैयाँ पाए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका जिल्लाले सहभागिता जनाएका थिए ।

म्याग्दी, तनहुँ र नवलपुरका सहभागी नृत्य र भेषभुषातर्फ उत्कृष्ट बने । उहाँहरुले सारी पुरस्कार पाए । पुरस्कृतलाई गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ, पब्लिक टेलिभिजनका अध्यक्ष सविन भट्टले नगद र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा टेलिभिजनले पोखरा महानगरपालिका—१६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजारसहित सम्मान गरेको छ । उहाँहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति दिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले प्रदेश समुन्नत बनाउने आधार कृषि भएकाले कृषिलाई पर्यटकसँग जोड्न सकिएमात्रै प्रदेश समुन्नत हुने बताउनुभयो ।
गीतमा समावेश भएका विषयवस्तु सचेतना फैलाउने खालेको भएको जिसीले उल्लेख गर्नुभयो । आगामी दिनमा सचेतना फैलाउने र महिला शसक्तिकरणको कार्यक्रम अघि बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला