
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको १३ औं साधारण सभा तथा ५ औं अधिवेशनले विना श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मिना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा शान्ति भुजेल मगर चयन भएका छन् ।
सदस्यहरुमा कृष्ण माया कार्की, निलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सिता खवास सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरी सल्लाहकारमा सरस्वती कोइराला, सिता नेपाली, गंगा सुवेदी, विमला रानाभाट, पुष्प कुमारी आचार्य, हरिमाया गुरुङ, शारदा सिग्देल, शोभा अधिकारी र खिमा गुरुङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु गिता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, चण्डीमाई सेवा समिति, दरबारथोकका अध्यक्ष तेजबहादुर भुजेल, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, समुहका पूर्व अध्यक्ष एवं कृषि संजाल, पोखरा ९ का अध्यक्ष विमला रानाभाट, नेवा मिसाः पुच नयाँवजार अध्यक्ष कोपिला श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा ८० वर्ष पुरा गर्नुभएका बुबाआमाहरु तेजबहादुर भुजेल, हिरामाया भुजेल, वेदनाथ कोइराला, पुर्णकला सिग्देल, मोतीसरा शर्मा भट्टराई, निराकुमारी गुरुङलाई प्रमुख अतिथि मर्सानी र अध्यक्ष सीता नेपालीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
त्यसैगरी २०८१ सालको एसइइ परिक्षा उत्तिर्ण सम्राट अधिकारी, अस्मित थापा, सुरज थापा मगर, स्विकृत सिग्देल, निष्ठा खवास, सुकृत्य सिग्देललाई सम्मान गरिएको थियो ।
विद्यार्थी सम्मान कार्यक्रमको प्रायोजन दरबारथोक योग केन्द्रकी अध्यक्ष शोभा मिश्र अधिकारीले गर्नुभएको थियो ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन सचिव देउमाया श्रीसले र आर्थिक प्रतिवेदन संस्थाका सदस्य निलम खवासले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सीता नेपालीकोे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विना श्रेष्ठले स्वागत मन्तव्य, कार्यसमिति सदस्य रचना खवासले स्वागत नृत्य र संचालन कोषाध्यक्ष शान्ति भुजेल मगरले गर्नुभएको थियो ।