डायमण्ड व्यूटि शैलुन एण्ड ट्रेनिङ सेन्टर न्युरोडमा शुभारम्भ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा ८ न्युरोडमा डायमण्ड व्यूटि शैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।
सेन्टरको गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङ र पुर्व सासद शारदा पौडेलले संयुक्त रुपमा उद्घाटन गरि शुभकामना दिदैं महिला दिदीबहिनीहरु सिप सिकेर आत्मनिर्भर हुनुपर्ने वताउनुभयो ।
नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाटले युवती तथा महिलाहरुले व्युटिसियन तालिम लिई स्वरोजगार तथा वैदेशिक रोजगारीमा पनि राम्रो गरिरहेको वताउनुभयो ।

सो अवसरमा ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा नेपाल दशनामी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी र महासचिव जगतमोहन गिरी, केन्द्रिय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरी, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
श्रीमान/श्रीमती राकेश पुरी र ममता कार्कीको करिव ८० लाख लगानी रहेको उक्त सेन्टर र सृजनाचोकमा रहेको शाखामा गरी १२ जनाले रोजगारी पाएका छन् ।

उक्त सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष व्युटिसियनहरुद्धारा हाइड्रो फेसियल, फेसियल, केराटिन, वोटस, केमिकल हेयर स्ट्रेट, नेलजेल, हेयर कलर, स्कीन टेस्टर, मोल्स रिमुभर लगायतका सेवा उपलब्ध रहेको संचालक कार्कीले वताउनुभयो ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ५० प्रतिशत सम्म छुट दिइएको पनि उहाँले वताउनुभयो ।
लेडिजहरुको लागि मात्र खोलिएको उक्त सेन्टर सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मान्यता प्राप्त सर्टिफिकेट पाईने व्युटिसियन तालिम प्रदान गरिएको छ ।
हाल ६४ जनाले व्युटिसियन तालिम लिइरहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला