नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीमा अमृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, भदौ २ । नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित हुनुभएको छ ।
पोखरामा सोमवार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्वत चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी) र कोषाध्यक्षमा लिला मोहन कुइकले चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भएका छन् ।

निर्वाचन पहिलो भएको दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको उद्घाटन सत्रमा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
शर्माले हेभी ईक्विपमेन्ट चालकको लाइसेन्स खुल्न नसक्दा व्यवसायी समस्यामा परेको बताउनुभयो । सातै प्रदेशमा यातायात कार्यालय भए पनि लाइसेन्सको परिक्षाका लागि काठमाडौँ धाउनुपरेको उहाँले गुनासो गर्नुभयो । सवारीको नामसारी र करका समस्यामा व्यवसायी परेको शर्माको भनाई थियो ।
अध्यक्ष शर्माले व्यवसायलाई माथी उठाउन देशभरका व्यवसायीलाई एकिकृत गरेर सहकार्य गरिने बताउनुभयो । त्यसका लागि महासंघले आधिकारीक वेभसाइट निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हेभी ईक्विपमेन्टको डिपो संचालन गरिरहेको पोखराको व्यवसायीक घराना अटो वेज प्रालिका संचालक नारायण पौडेलले बजारको माग अनुसारका नयाँ नयाँ इक्विपमेन्टहरु उपलब्ध गराईरहेको बताउनुभयो । गण्डकी प्रदेशमा ६० प्रतिशत मार्केट अटो वेजले लिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष डा. ताराबहादुर कँुवर, निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ गण्डकीका अध्यक्ष जनक पराजुली, अटो वेज प्रालिका कार्यकारी अधिकृत सन्ध्या पौडेलले भनाई राखेका थिए ।
नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश अध्यक्षमा अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले स्वागत गर्नुभएको थियो भने कास्कीका सचिव भीमसेन केसी (भिम)ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला