पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै २२ औँ संस्करणको स्पोट्र्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।

आज नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उहाँहरुको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो ।

स्पोट्र्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ । मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–” स्पोट्र्स अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरुले मलाई माया गर्नुहुनेछ ।”
यसैगरी विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “स्पोट्र्स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।”

पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।

५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ सुरु भइसकेको छ ।

यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आवद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जित्नुभएको थियो ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुँदैछ ।

मञ्च र आइएमइ खल्तीबिच सम्झौता
नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आज नै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा गौतमले यसपालीको स्पोट्र्स अवार्ड पोखरामा हुनुमात्र होइन खल्तीसँगको सम्झौता अर्को फरकपन हो भने ।

कमर्सियल अफिसर गौतमले आइएमइ खल्तीले स्पाट्र्स अवार्डमा मनोनयनमा परेका तथा विजेता सबै खेलाडी तथा खेलकर्मीहरुलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिनुभयो ।

यसैगरी मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोट्र्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिनुभएको छ ।

उहाँले आईएमई खल्ती परिवारप्रति कृतज्ञ छौं भन्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि मञ्चले डिजिटल पार्टनरको रुपमा ई–सेवासँग लगातार छ वर्ष सहकार्य गरेको थियो ।
अध्यक्ष अधिकारीले सो सहकार्यका लागि इ सेवालाई धन्यवाद पनि दिनुभयो ।

यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औं वर्ष सहकार्य गरिसकेको छ ।
यसैगरी मञ्चले अवार्ड कार्यक्रमको प्रवद्र्धकको रूपमा रहेको पोखरा महानगरपालिकासँग पनि सम्झौता गरिसकेको छ ।

पिपल्स च्वाइस २०८१ को मनोनयन पर्ने खेलाडीहरुको उपलब्धिः
विजय सिन्जाली (उसु)
– जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जित्न सफल खेलाडी ।
–साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य जित्न सफल ।
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल । त्यसैका आधारमा थाउलु विश्वकपमा स्थान बनाउन सफल ।
–एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडी ।
– विगतमा १३ औं सागमा स्वर्ण र १२ औं सागमा रजत जित्न सफल खेलाडी ।

इभाना थापा (टेबलटेनिस)
– दक्षिण एसियाली टेबलटेनिसमा चार पदक
– एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल
– २७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल खेलाडी ।
–ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल
–एसियन युथ च्याम्पियनसिप उज्वेकिस्तानमा सहभागी
– दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु–१९ गल्र्स स्वर्ण)
– पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ।

हिमाल सोनारी (भलिबल)
– नवौं एनभिएल लिगमा २०८२ ः उपविजेता टोलीका महत्वपूर्ण सदस्य
– पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला