
पोखरा ।
पोखरामा साउन ३० गते शुक्रबार “पोखरा डिजाईनर्स फेशन वीक(२०२५” आयोजना हुने भएको छ । बुटिक एसोसिएसन नेपालको आयोजनामा यहि साउन ३० गते शुक्रबार पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा पोखरा डिजाईनर्स फेशन वीक आयोजना गर्न लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
पोखरा डिजाईनर्स फेशन वीक–२०२५ मा स्थानीय तथा राष्ट्रिय डिजाइनरहरूको नयाँ कलेक्शन प्रस्तुत गरिने बुटिक एशोसियसन नेपालले जनाएको छ । फेसन वीकमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक सिर्जनशिलतालाई संयोजन गरी आकर्षक फेसन प्रस्तुति गर्ने जनाइएको छ ।
कार्यक्रमले डिजाइनरहरूलाई आफ्नो सिर्जनशील कला, नयाँ संग्रह र ट्रेन्डहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ । साथै फेसन उद्योगको प्रर्वद्धन, नेटवर्किङ र बजार पहुँच विस्तारमा समेत मद्दत गर्ने अपेक्षा गरिएको बुटिक नेपाल एशोसियसनकी अध्यक्ष सुष्मा थापा पाण्डेले जानकारी दिनुभयो ।
फेसन वीकमा सुष्मा थापा पाण्डे (गुन्योचोली बुटिक, चिप्लेढुंगा), सपना गुरुङ घले (डोनाज बुटिक, चिप्लेढुंगां), इन्दिरा लामिछाने (घुम्टो बुटिक, सुन्दरमार्ग), सोयत्त भट्टराई लम्साल (सर्वणी बुटिक, नदीपुर), कमला गुरुङ (कृतिशा बुटिक, रानीपौवा), अमित बराल (ग्ल्यामसिटी, सुन्दरमार्ग), शान्ति श्रीश मगर (ग्लोरी फेसन होम, सुन्दरमार्ग, चिप्लेढुंगा), रेणु सुब्बा (स्प्लेंडर बुटिक, चिप्लेढुंगा), रीना श्रेष्ठ (फ्लोरा बुटिक, बगर), सृजना श्रेष्ठ (शेरोन बुटिक, गैरापाटन), अस्मी गुरुङ (तमन्ना बुटिक, अमरसिंह), शोभा गुरुङ (फ्युजन क्रिएसन, रानीपौवा), मञ्जु क्षेत्री (मोहिनी कलेक्सन, सुन्दर मार्ग) र कल्पना गुरुङ (कल्पना गुरुङ बुटिक, न्यूरोड) सहभागी छन् ।
कार्यक्रममा सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, इन्दिरा लामिछाने, सोयत्त भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीश मगर, रेणु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङ लगायतका फेसन डिजाइनरहरू सहभागी हुने जनाइएको छ ।
कार्यक्रमका शो-टपरहरूमा करिश्मा मानधर, अञ्जना बराइली, सनिशा भट्टराई, राजकुमार सिंह, कृशल श्रेष्ठ, सुवेक्षा खड्का, मिरा कक्षपति र प्रेरणा लामाजस्ता कलाकारहरू सहभागी हुने एसोसियसनकी सचिव गुरुङले जानकारी दिनुभयो ।
बुटिक एसोसिएसन नेपालका अध्यक्ष इन्दिरा लामिछानेले नेपाली फेसन उद्योगलाई विश्व बजारमा चिनाउने यो कार्यक्रम महत्वपूर्ण मञ्च साबित हुने विश्वास व्यक्त गर्दै मिडिया, प्रायोजक र सहभागी सबैलाई धन्यवाद दिदै सबैको साथ र समर्थनले कार्यक्रम सफल हुने आशा व्यक्त गर्नुुभयो । बुटिक एसोसिएसन नेपाल २०७४ सालमा स्थापित भई पहिरन तथा फेसन डिजाईन क्षेत्रमा पेशागत दक्षता र व्यवसायिक हितको संरक्षणका लागि सक्रिय संस्था रहेको जनाइएको छ ।