योग गरेर निरोगी रहन सकिन्छ : मेयर आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताउनुभएको छ ।
महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय निकालेर योग गर्ने गरेको वताउनुभयो ।

उहाँले योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्ने भएकाले योग कक्षा संचालनको लागि महानगरले सहयोग गर्दै आएको वताए वताउनुभयो ।
१० दिन सम्म संचालन हुने उक्त तालिममा १०० भन्दा वढिले तालिम लिने अपेक्षा रहेको महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनले वताउनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति प्रदेश समितिका प्रभारी नरेन्द्रमान लालचनले योगको महत्व बारेमा वताउनुभयो ।
महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठन मन्त्री (सचिव) लक्ष्मी पुनले र पतञ्जली योग समिति प्रदेशका संरक्षक प्रदेश संरक्षक लोकदर्शन कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला