शुक्ला साहित्य प्रतिष्ठानको आयोजनामा कृष्ण भजन प्रतियोगिता श्रावण ३१ मा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा १६, बाटुलेचौर लोकसंस्कृति, कला र साहित्यको उर्वर भूमि हो । यसै भूमिमा वि।सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापित शुक्ला साहित्य प्रतिष्ठानले राष्ट्रिय रुपमै भाषा, कला, साहित्य र संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा समर्पित भएर राष्ट्रिय तहमा क्रियाशील रहँदै आइरहेको छ ।

प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै उपत्यका बाहिर रहेर पनि साहित्यीक क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

विशेषगरी “कला, साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य” भन्ने मूल नाराका साथ अघि बढिरहेको प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा यस वर्ष पनि राष्ट्रिय श्री कृष्ण भजन प्रतियोगितालाई निरन्तरता दिने भएको छ ।

प्रतिष्ठानले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता श्रावण ३१ गते बाटुलेचौर मैदानमा हुनेछ । यस वर्ष कृष्ण भजन सँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन पाईने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख, द्वितीय पुरस्कार नगद रु ७५ हजार, तृतीय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २५ हजार र प्रत्येक समुहलाई प्रोत्साहन स्वरुप नगद रु ५र५ हजार प्रदान गरिने प्रचारप्रसार संयोजक संजय थापाले बताउनुभयो ।

प्रतियोगिता आयोजना गर्न अनुमानित खर्च १६ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । यस प्रतिष्ठानले साहित्यका विविध विधालाई समेट्दै वार्षिक कार्ययोजना निर्माण गरी, साहित्यक गोष्ठी, कार्यशाला र सेमिनरहरू आयोजना गर्दै आइरहेको छ ।

त्यस्तै संस्थाले विभिन्न साहित्यिक धरोहर एवं राष्ट्रिय व्यक्तिहरूको जीवन वृतान्त “समकालिन स्रष्टा र सिर्जना” विशेष परिचर्चा कार्यक्रम संचालन गर्दै आइरेको छ ।

आफ्नो स्थापनाकालदेखि नै प्रतिष्ठानले यस क्षेत्रका लेखक तथा साहित्यकारहरूका लेख, रचना र कृति प्रकाशन गर्दै आइरहेको छ भने प्रत्यक दुई वर्षमा आफ्नो मूखपत्र “सेतीको लहर” नामक साहित्यिक पुस्तक समेत प्रकाशन गर्दै आइरहेको छ ।

यो सँगै संस्थाले राष्ट्रिय पुरस्कारका साथै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कार गरी विभिन्न ४ वटा पुरस्कार वितरण गर्ने गरेको छ ।

यस्तै साहित्य विकासमा पुस्ताहस्तान्तरणको अवधारणालाई अघि सार्दै कविता, निवन्ध, लोक कथा आदि साहित्यका विधाहरूमा सृजनशील प्रतियोगिताहरू राख्दै नवोदित प्रतिभाहरू खोज्ने र साहित्यमा अभिरूचि जगाउने कार्य गरिरहेको यस संस्थाले आवश्यकता अनुसार आफ्ना वार्षिक कार्यक्रमहरू छनौट गर्दै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धन पनि गर्दै आइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला