लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २१ । लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय मा. वि. लाई बुधवार एक कार्यक्रमका बिच आर्थिक सहयोग गरेको छ ।
क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा ४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त रकम विद्यार्थीहरूलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीहरूलाई सिपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्‍न कार्यक्रमले सहयोग पु¥याउने विश्‍वास व्यक्‍त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताउनुभयो ।

वि.व्य.स. अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिनुभएको थियो । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला