कालिकामा भित्तेपत्रिका विमोचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २१ । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महŒवपूर्ण सहयोग गर्ने धारणा राख्नुभयो ।

आफूले पढ्दा यस्तो वातावरण नपाएको स्मरण गर्दै विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका अध्यक्ष पुनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि हाल विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयको हितका लागि आफू सधैँ लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कालिका बाल क्लबद्वारा प्रकाशित पत्रिका हालका लागि मासिक रूपमा प्रकाशन गरिने विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले जानकारी दिनुभयो ।
पत्रिकाको सम्पादन मण्डलमा सफला सुनार, मन्जिता गुरुङ र कृतिका केसी रहेका छन् ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई अध्यक्ष पुन र आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला