२६औं तायाः मचा नृत्य प्रतियोगिता साउन ३१ मा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन १७ । ‘कला संस्कृतिको संरक्षण भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ २६ औं तायाः मचा नृत्य प्रतियोगिता हुने भएको छ ।

नेवाः खल कास्कीको आह्वान एंव शिशुवा नेवाः खलको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी साउन ३१ गते उक्त हुने प्रतियोगिता हुने शनिबार (आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।

नेवास् समुदायका समूह (कचाः खल) तथा तायाः मचा समितिहरूको सक्रिय सहभागितामा सम्पन्न हुने यस प्रतियोगितामा ३५ टिमले सहभागिता रहने यस प्रतियोगिताका प्रचार प्रसार संयोजक कृष्ण कुमार कतिलाले जानकारी दिनुभएको छ ।

नेवार समुदायको मौलिक परम्परा अनुरूप हर्ष र उमङ्गका साथ मनाइने यस तायाः मचा नृत्य कास्की जिल्लामा मात्र प्रतियोगितात्मक स्वरूपमा सञ्चालन हुँदै आएको समेत उहाँले बताउनुभयो ।
गाईजात्रा पर्वसँग सम्बन्धित यो नृत्य, नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मानिन्छ ।

करिब २ सय वर्ष पुरानो इतिहास बोकेको तायाः मचा नृत्यले सामाजिक सद्भाव, भाईचारा, माया प्रेम र समावेशी संस्कृतिको सन्देश प्रवाह गरी समाजलाई एक सुत्रमा बाँध्न सफल भएको नेवास् खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभएको छ ।

उहाँका अनुसार विषेशगरी यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुका साथै पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने हो ।

यो एक दिवसीय कार्यक्रम भएता पनि आर्थिक हिसावले करिव ३३ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष पालिखेले बताउनुभयो ।

यसका लागि पोखरा महानगरपालिका, वडाहरू, गाउँपालिका, प्रदेश सरकार, संघसंस्था, उद्योगी व्यवसायी तथा सहयोगी दाताहरूबाट आर्थिक स्रोत जुटाउने योजना सहित कार्य सम्पादन भइरहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय यो पर्व नेवार समुदायको मात्र नभई सबै जातजाति र धर्म समुदायको साझा उत्सवको रूपमा विकसित हुँदै गएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रतियोगितालाई भव्य बनाउन पोखरा ३, तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत आमाबुबा स्व.वालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा पुरस्कार र प्रोत्साहन राशि प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला