हिमालय क्लवद्वारा मानव सेवा आश्रमलाई सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले मानव सेवा आश्रम, हेम्जालाई आर्थिक सहयोग गरेको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार विहान हेम्जा पुगेर नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो ।
सो रकम क्लवका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुशील बस्नेत, अध्यक्ष मोहन थापा, मानार्थ सदस्य बेनीबहादुर बस्नेतले आश्रमका व्यवस्थापक सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा क्लवका अध्यक्ष मोहन थापाले राज्यले गर्नुपर्ने दायित्व नागरिक स्तरबाट संचालन भएको आश्रमले गरिरहेकोमा प्रशंसा गर्दै, सबैको सहयोगबाट नै आश्रम संचालनमा सहज हुने बताउनुभयो ।
व्यवस्थापक बर्तौलाले विभिन्न सामाजिक संघ, संस्था र सेवा भावले नै आश्रम संचालन भएको बताउनुभयो ।

सोही अवसरमा आश्रम संचालन सहयोगार्थ क्लवका मानार्थ सदस्य वेनी व बस्नेतले रू १० हजार, सल्लाहकार खिमलाल अधिकारीले रू १० हजार, सल्लाहकार कुमार श्रेष्ठले रू ५ हजार, हिमालय कृषि सहकारीका सञ्चालक समिति सदस्य झलक थापा मगरले रू ५ हजार, बाटुलेचौर हिमालय सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले २ हजार ५ सय, ईन्दु भट्टराईले २ हजार, ईन्दिरा पोखरेल तिमिल्सिनाले २ हजार, मिना गुरुङले २ हजार, शारदा तिमिल्सिना, रूद्र वहादुर थापा, बुद्धि बहादुर बानियाँ, पुष्पराज अधिकारी, रामनाथ पौडेल लगायतले आर्थिक सहयोग प्रदान गर्नुभयो।

आश्रमको हेम्जा शाखामा १ सय ८० जना पुरुष तथा बालक र छोरेपाटन शाखामा ९३ जना असहाय महिला आश्रित छन्।

क्लवले आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सराङ्गकोट धार्मिक क्षेत्रको समेत अवलोकन गर्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला