एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगितामा अञ्जुली प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बगर टुडिखेलमा अवस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ ।

नेशनल प्याव्सन कास्कीले संस्थामा आवद्ध विद्यालयहरुवीच आयोजना गरेको १९ एन प्याव्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो ।

प्रतियोगितामा डायमण्ड मोडल स्कुल दोस्रो, श्री रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भए ।

विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ३६ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक पितृराज अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सहजिकरण रञ्जीत गुप्ता र डोलराज अर्यालले गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाट गर्दै प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका महानिर्देशक दामोदर सुवेदीले एनप्याव्सनले गरेको हरेक कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । शिक्षण सिकाईका अलाव एन प्याव्सन कास्कीले विभिन्न खालका अतिरिक्त कार्यक्रमहरुको आयोजना गरी विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्ने काम गरेको उहाँको भनाई थियो ।
एन प्याव्सन कास्कीले विद्यार्थीका प्रतिभालाई उजागर गर्ने शैक्षिक तथा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस अलावा आफ्ना विद्यालयका शिक्षकहरुलाई पनि तालिमहरु दिदै आएको छ ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला