हरित रोजगारी र नवप्रवर्तनको साझा मञ्च पोखरा आरयू फेष्ट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । रिसाइकलिंग र अपसाइक्लिङ प्रविधि प्रवद्धन गर्न पोखरामा पहिलो पटक आरयु फेष्ट आयोजना गरिएको छ ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ( कोइका )को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ( युएनडिपी ) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना ( न्ऋच्ग् ) अन्तर्गत आरयु फेष्ट ( च्ग् ँक्त् द्दण्द्दछ ) शुक्रबारदेखि सुरु भएको हो ।
बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना ( मोहोर ) बनाउने मूल मन्त्र सहित यो फेस्टिभल शुभारम्भ गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा गरिएको छ ।

फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउ र्पुयाउने उहाँको विश्वास छ ।

“प्रयोगहीन सामाग्रीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्रको निर्माणमा यो महत्त्वपूर्ण सिकाइ बन्न सक्छ, फेस्टिभल मार्फत नयाँ ज्ञान, सीप र मार्गदर्शन प्राप्त हुनसक्छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।”

कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ्ले विश्व बजारमा हरित रोजगारी सिर्जना निकै महत्त्वपूर्ण र वातावरण तथा पर्यावरणीय दृष्टिले निकै अर्थपूर्ण हुने बताउनुभयो ।

पोखरामा सञ्चालित परियोजना मार्फत हजारौँ रोजगारी सृजना हुने र चक्रीय अर्थतन्त्र मार्फत उद्यमशीलता र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कोइका एक बलियो साझेदारका रूपमा पोखराको साथमा उभिएको उहाँले विश्वास समेत दिलाउनुभयो ।
सो अवसरमा पोखरामा एक सुविधा सम्पन्न जलन सम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

यस्तै युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले रिसाइकल र अपसाइकल मात्र उत्पादित वस्तुको बजार राम्रो रहेको उल्लेख गर्दै यसले आर्थिक सशक्तीकरणमा योगदान गर्ने बताउनुभयो ।

महिला तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जनको बलियो आधारका रूपमा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको विकासमा समेत यसले टेवा र्पुयाउने आचार्यले बताउनुभयो ।

पर्यटकीय राजधानी पोखरामा यसको अझ बढी महत्त्व र प्रभावकारिता रहने उल्लेख गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कालीप्रसाद पराजुलीले विकास साझेदारहरूको निरन्तर सहयोगमा नेपालले रोजगारी सृजना र उद्यमशीलता विकासमा थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपाल सरकार आफ्नो आन्तरिक बाहेक विकास साझेदारहरू समेतको सहयोगमा स्थानीय विकासलाई दिगो र परिणाममुखी बनाउने कार्यमा लागिरहेको उहाँले बताउनुभयो ।

फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा भइरहेको छ ।

हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ ।

नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ ।

“यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख आचार्यले भन्नुभयो ।

फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

हरित अर्थतन्त्रमा योगदान र्पुयाउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।

फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ ।

पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला