
पोखरा । पोखरामा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीहरुले प्रथम चाडपर्व उपहार कुपन योजना–२०८२ सञ्चालन गर्ने भएका छन् । व्यवसायीहरुले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
ग्राहक वर्गलाई मध्यनजर गर्दै कास्की जिल्लामा रहेर मोबाइल, टिभी, फ्रिज, घडी लगायतका इलेक्ट्रोक्निस सामानको डिलर, होलसेल, खुद्रा र मर्मत गर्ने व्यवसायीहरुले साउन १५ गतेदेखि पुष १५ गतेसम्म चाडपर्व लक्षीत उपहार कुपन योजना २०८२ सञ्चालन हुने भएको छ ।
पोखरा इलेक्ट्रोक्निस तथा मोबाइल व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले ‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा बाइक, स्कुटर हातमा’ भन्ने मुल नाराका साथ सुरु गरिएको बताउनुभयो ।
ग्राहक तथा उपभोक्तालाई आकर्षक उपहारद्वारा प्रोत्साहित गर्नुको साथै स्थानीय बजार प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष उदय बहादुर केसीले ग्राहकलाई आकर्षण गर्न चाडपर्वमा उपहार राम्रो माध्यम हुने बताउदै मिडियाले राम्रो प्रचार गरिदिनेमा बिश्वस्त रहेको बताउनुभयो ।
मुख्य प्रायोजक MI Mobile , प्रायोजक HTC Mobile , टिकट प्रायोजक 4 Nations International Education Consultancy Pokhara , र सह–प्रायोजकमा Recrsi र Sky Mobile महाबौद्ध काठमाण्डौ रहेका छन् । साथै अन्य जिन्सी सहयोगहरु पनि केही व्यवसायीले यो योजनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष खरेलले जनाउनुभयो ।
५ सय ६ जना भाग्यशाली विजेताले प्राप्त गर्ने उपहारहरुमा मोटरसाइकल १ थान , स्कूटर १ थान , च्याङ्ग्रा २ वटा , फ्ल्याकसिप मोबाइल फोन २ थान , स्मार्ट फोन २० थान , ३२ टिभी ५ थान , राईसकुकर १० थान , इलेक्ट्रिक जग १० थान , किप्याड फोन १२५ थान , इयरवड १२५ थान , स्पीकर २० थान , पावर बैंक ३० थान , स्मार्ट घडी ३० थान , भित्ते घडी १ सय २५ थान रहेको छ ।
साथै एक सय पाँच जनाले विशेष भाग्यशाली उपहार योजना अन्तर्गत मासिक उपहार प्राप्त गर्नेछन् ।
व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकलाई जति रकमको सामान खरिद गरे पनि एउटा कुपन निशुल्क उपलब्ध गराउनुका साथै धेरैभन्दा धेरै ग्राहकको हातमा कुपन पु¥याउने र सानो ठूलो भए पनि उपहार उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ ।
नेपालका विभिन्न क्षेत्रबाट कास्की जिल्लामा आई मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको व्यवसाय गरेका ३ सय १० व्यवसायी संघमा आवद्ध रहेका छन् ।
५ महिनाको अवधिमा ३ लाख कुपन बाड्ने लक्ष्य राखेको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ आयोजक रहेको कार्यक्रममा नेपाल मोबाइल बितरक संघ गण्डकी प्रदेश र नेपाल मोवाइल व्यवसायी महासंघ गण्डकी प्रदेशले सहयोग गर्ने भएका छन् ।
उक्त कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष देव कुमार श्रेष्ठ, नेपाल मोबाइल वितरक संघ, गण्डकी प्रदेशका अध्यक्ष मनोहर श्रेष्ठ , पोखरा इलेक्ट्रॉनिक व्यवसायी संघका अध्यक्ष उदय बहादुर केसी लगाएतले बोल्नुभएको थियो ।
पोखरा इलेक्ट्रोक्निस तथा मोबाइल व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो ।