राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ ।

पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले यहि साउन ३१ गते हुने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ भने अन्य उपसमिति गठन भएको हो ।

प्रतिष्ठानले अतिथि आमन्त्रण उपसमितिमा कुलबहादुर खत्री, मञ्च व्यवस्थापनमा हरिबहादुर थापा, ब्यानर छपाई तथा डिजाइनमा यदुनाथ बञ्जरा, लेखामा मोहनकुमार सुनार, खरिद तथा बजार व्यवस्थापनमा दीपेन्द्र बानियाँ, अर्थ तथा श्रोत संकलनमा सुमनराज पौडेल, कार्यालय व्यवस्थापनमा रामप्रसाद पौडेल, अनुगमनमा सिर्जना थापा, स्वयंसेवक परिचालनमा सकुन्तला केसी, स्वागत तथा सत्कारमा गीता भट्टराई भण्डारी, प्रचार प्रसारमा संजय थापा, मञ्च सजावट तथा विद्युतीकरणमा प्रकाशचन्द्र अधिकारी, साउण्ड सिस्टम व्यवस्थापनमा सरोजजंग कुँवर, प्राथमिक तथा आकस्मिक उपचारमा सुवास अधिकारी, सुरक्षा व्यवस्थापनमा चित्रबहादुर थापा, स्वागत भजनमा नेत्र बहादुर बानियाँ, प्रसाद तथा खाजा व्यवस्थापनमा मोहनकुमार सुनार, जेष्ठ नागरिक समन्वयमा दुर्गा केसी थापा, महिला परिचालन तथा सामाजिक संघ संस्था समन्वयमा शारदादेवी बस्नेत, सरसफाईमा हर्कबहादुर गायक, प्रतियोगिता व्यवस्थापन तथा समय सुचकमा लोकराज आचार्य र तिलक तथा फूल प्रसाद वितरणमा सुरेशप्रसाद सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

गठित विभिन्न उपसमितिले कार्यक्रम सफल बनाउन विभिन्न तयारी शुरु गरेको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न करिव १६ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगी संघ संस्था र दाताहरुबाट संकलन गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन विभिन्न संघ संस्थासँग समन्वय गरिएको र कास्की सहित देशका विभिन्न भागबाट सहभागिता रहने मुल समारोह समितिका संयोजक दुर्गादेवी बस्नेत गौतमले बताउनुभयो ।

अगिल्लो वर्षको प्रतियोगितामा २२ वटा टोलीले सहभागिता जनाएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला