
पोखरा, असार ८ । पोखरा–९, न्युरोडस्थित दरबारथोक एड्भरटाइजिङ्ग एजेन्सीले आफ्नो सफल यात्रा तय गर्दै नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ ।
यो विशेष अवसरमा एजेन्सीका प्रमुख कृष्ण रानाभाटले सम्पूर्ण विज्ञापनदाता, शुभेच्छुक तथा महानुभावहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ ।
२०७२ सालमा स्थापना गरिएको यो एजेन्सीले विगत ९ वर्षको अवधिमा पोखरा लगायत देशभरिका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा सहज रूपमा सूचना तथा विज्ञापन प्रकाशन गर्दै आइरहेको छ ।
एजेन्सीको मुख्य उद्देश्य गुणस्तरीय विज्ञापन सेवा प्रदान गर्नु हो भने ग्राहक सन्तुष्टिलाई सधैं प्राथमिकतामा राख्ने यस संस्थाले विभिन्न सामाजिक, व्यावसायिक तथा शैक्षिक संस्थाहरूका लागि प्रचारप्रसारको कार्य सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।