मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली लोकसंगीतमा विकृति मौलाइरहेको बेला गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले नयाँ गीत ‘घन घन मादल’ सार्वजनिक गर्नुभएको छ । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका शान्ती श्री परियार, रामचन्द्र ढकाल, लिला पौडेल र शंकर ढकालको स्वर रहेको यस गीतमा गायक शंकर ढकालको प्रस्तुती रहेको छ ।
गीतका लय तथा शब्द संकलन लिला पौडेलले गर्नुभएको छ भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकालकै रहेको छ ।

गायक रामचन्द्र ढकालले मौलिक झ्याउरे शैलीमा तयार पारिएको यस गीतले हराउँदै गइरहेका नेपाली मौलिक भाकाहरूको संरक्षणमा सहयोग पु¥याउने वताउनुभयो ।

गीतको भिडियोमा गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ लाहुरे भूमिकामा देखिनुभएको छ ।
त्यस्तै अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनयले भिडियोमा थप आकर्षण थपेको छ ।

‘घन घन मादल’ गीतले मौलिकताको स्वादमा रमाउने दर्शक र श्रोता माझ विशेष स्थान बनाउने विश्वास गरिएको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला