सिटीवानको तीज मेला भाद्र ४ र ५ गते हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ ।
तिजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको नाममा कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने छ ।

कार्यक्रमा गण्डकी प्रदेश भित्रका करिव १ सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिनु गुरुङ्गले जानकारी दिनुभयो ।
यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीहरुलाई तीज सस्कृतीका वारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका समुहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको पनि संयोजक गुरुङको भनाई थियो । उहाँका अनुसार सहभागि सवै समुहलाई निशूल्क दर खुवाउने कार्यक्रम रहेको छ ।
उहाँले भन्नुभयो–“तीजको वास्तविक संस्कृती र प्रचलन अहिलेको पुष्ताले थाहै पाएका छैनन त्यसैले उनिहरुलाई सस्कृतीका वारेमा जानकारी दिन र सस्कृती संरक्षणका लागि पनि यो प्रतियोगिता गरिएको हो ।”

कार्यक्रममा जिल्ला वाहिरवाट आउने समुहलाई यातायात खर्चको समेत व्यवस्था गरिएको टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठको भनाई थियो ।
कार्यक्रम सम्पन्न गर्न करिव १६ लाख ५० हजार लाग्ने पनि प्रवन्ध निर्देशक श्रेष्ठको भनाई थियो । कार्यक्रममा प्रथम द्धितिय,तृतीय शान्त्वना हुने समुहलाई रु ५०, ३०, २० र १० हजार पुरस्कार रहेको पनि उहाँको भनाई थियो ।

यस्तै उत्कृष्ठ शव्द, नृत्य र भेषभुसालाई समेत आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागि समुहले तीजको सास्कृतीक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र, सरसफाइ, बैदेशिक रोजगार, कृषि तथा उधमशिलता, वन तथा वातावरण, लागु पदार्थ दुब्र्यसनी विद्यार्थी र तीज जस्ता सामाजिक बिषयमा केन्द्रित रहेर प्रस्तुती दिनु पर्ने पनि आयोजकको भनाई हरेको छ ।

पहिलो दोस्रो र तेस्रा संस्करणको प्रतियोगिता पछि आयोजना गर्न लागिएको यो सस्करणमा करिव १५ हजार दर्शकको प्रत्यक्ष अवलोकन तथा सहभागिता र करिव ३० लाखले टेलिभिजन र अन्य सामाजिक संजालवाट समेत अवलोकन गर्ने टेलिभिजनका अध्यक्ष पवन प्रजापती अपेक्षा गर्नुभएको छ ।

कार्यक्रममा विभिन्न व्यवसायीक र सामाजिक संघ सस्थाका जानकारी मुलक १५ वटा स्टलहरु रहने छन् भने महिला लक्षित विशेष हेल्थ क्याम्प पनि संचालन हुने छ । कार्यक्रमको सिटीवान टेलिभिजन र टेलिभिजनका सवै डिजिटल प्लेफर्मवाट समेत एकैसाथ प्रत्यक्ष प्रसारण समेत हुने छ ।
स्टार नेपाल मिडिया हव प्रा. लि द्धारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशको पोखरामा मुख्य कार्यालय रहेर सञ्चालित टेलिभिजन हो ।
संस्कृतिको संरक्षण र जर्गेना गर्ने समाजका हरेक उत्कृष्ट विषयहरूलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरू पनि आयोजना गर्ने उद्धेश्य लिएको यस टेलिभिजनले सोही अनुसार तीज गीत प्रतियोगिता गरेको टेलिभिजनको भनाई छ ।
प्रतियोगितामा सहभागिताका लागि पोखरा–नयाँबजार स्थित टेलिभिजनको कार्यलय र टेलिभिजनको फोन नं. ०६१५८०४०८, ९८५६०३८०९४ तथा ९८५६०१८०९५ मा सम्पर्क गरेर समुह दर्ता गर्न सकिने छ पनि अध्यक्ष प्रजापतीको भनाई रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला