नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) , गण्डकी प्रदेशले ६३औँ इन्जिनियर्स दिवसको अवसरमा असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गरेको सप्तव्यापी कार्यक्रमहरू साउन ३ गते मूल समारोहका साथ सम्पन्न भएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत असार २९–३० गते आयोजित NEA सुपर सिक्स क्रिकेट टुर्नामेन्टमा ६ टोली (सीता बिल्डर्स, गोदार टाइम्स, माटो इन्जिनियरिङ, युना इन्जिनियरिङ, पोखरा सोइल टेस्टिङ, र आर्क डी) सहभागी थिए ।
फाइनल खेलमा सीता बिल्डर्सले पोखरा सोइल टेस्टिङलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

असार ३१ र ३२ गते सम्पन्न फूटसल टुर्नामेन्टमा ८ टोली सहभागी भएस् आर्क डी, पर्फेक्ट इन्जिनियरिङ, युना इन्जिनियरिङ, टाइम्स इन्जिनियरिङ, सीता बिल्डर्स, आर्कटेक, ८८४८।८६, र लेखनाथ सोसाइटी फाइनल खेलमा आर्क डी विजेता बन्यो ।

साउन १ गते, सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–२८ स्थित भुर्तेल आधारभूत विद्यालयमा शैक्षिक सामग्री, रङ्गरोगन तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको थियो । प्रत्येक कक्षामा पङ्खा जडान गरिनुका साथै सबै विद्यार्थीलाई कापी, कलम लगायतका सामग्री प्रदान गरेको थियो ।

साउन २ गते, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका इन्जिनियरहरूको सक्रिय सहभागितामा ४४ युनिट रगत संकलन गरेको थियो ।

साउन ३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा, ६३औँ इन्जिनियर्स दिवसको मूल समारोह लेकसाइडमा क्रिकेट तथा फूटसल विजेता टोलीहरूलाई पुरस्कार वितरण, अग्रज इन्जिनियर सम्मान र साँस्कृतिक प्रस्तुतिहरु राखेको थियो ।
मुख्यमन्त्री पाण्डेले विभिन्न कार्यक्रमहरूले इन्जिनियरहरूबीचको आपसी सहकार्य, सामाजिक उत्तरदायित्वप्रति सजगता र खेलकुदप्रतिको रुचिलाई थप बलियो बनाउने बिश्वास व्यक्त गर्नुभयो ।

सप्ताहव्यापी कार्यक्रमहरूको सफल आयोजनामा बर्जर पेन्ट्स मुख्य सहयोगीका रूपमा रह्यो। त्यस्तै अन्य सहयोगदाताहरूमा बाराही टेक्निकल सोलुसन, गण्डकी मेटेरियल इन्जिनियरिङ ल्याब प्रालि, गण्डकी जीआई वायर, नेपाल टेलिकम, च्याचु र Omoda Jaecoo रहेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला