नेपाली काँग्रेस कास्कीकाठमाडौं सम्पर्क समितिको तेश्रो अधिवेशनबाट सभापतिमा बराल

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली काँग्रेस कास्कीकाठमाडौं सम्पर्क समितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित अधिवेशनले दीपक चन्द्र बरालको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
बरालको नेतृत्वमा निर्वाचित कार्यसमितिको उपसभापतिमा अच्युतराज पहारी र पितृराज आचार्य, सचिवमा विष्णु तिवारी र हरि पराजुली, कोषाध्यक्षमा शरण गुरुङ तथा सहसचिवमा रोहितबाबु खनाल र दीपेन्द्र आचार्य निर्बाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा चिजमाया गुरुङ, अमृत पौडेल, मनोज घिमिरे (क्षेत्री), विकास बहादुर परियार, विपुल बसौला, डा. हरि बराल, महादेव सुवेदी, नेत्र विक्रम बञ्जारा, पुष्पराज पराजुली, रुद्रमणी आचार्य र सन्दिप बराल निर्वाचित भएका छन् ।
कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले पनि आफ्नो निवास बुढानिलण्ठमा बोलाएर नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो ।
सम्पर्क समितिका संस्थापक सभापति प्राज्ञ नगेन सिंह ठकुरीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रमुख अतिथि जीवन परियारले संपर्क समिति काठमाडौंमा बस्ने कस्केलीहरुको साझा मञ्च भएको बताउँदै नयाँ कार्यसमितिले पोखरा जस्तै सुन्दर र नमुनायोग्य काम गर्न सुझाव दिनुभयो ।

अधिवेशनमा कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय संपर्क विभाग प्रमुख नानु बास्तोला, केन्द्रीय सदस्य तथा उपभोक्ता तथा आपूर्ति विभाग प्रमुख गुरु बराल, कास्की सभापति किशोर दत्त बराल, महाधिवेशन प्रतिनिधि तिलक रानाभाट लगायत नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति पाज्ञ नगेन सिंह ठकुरीले १२ वर्ष अघि सुरु भएको सम्पर्क समिति वयस्क हुँदै गर्दा बलियो नेतृत्व पाएको भन्दै नयाँ कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

नवनिर्वाचित सभापति बरालले सम्पर्क समितिलाई पार्टीको गुटउपगुटको रूपमा प्रयोग नगर्ने भन्दै कस्केली र कांग्रेसको साझा हितमा काम गर्ने प्रतिबद्दता जनाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला