
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गण्डकी प्रदेश मै नाम राख्न सफल सामुदायिक विद्यालय छोरेपाटन माविका पुर्व विद्यार्थीहरुको साझा संस्था छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चको आजिवन सदस्य बन्ने क्रमश बढ्दै गएका छन् ।
२०६१ सालमा दिपकराज वरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई केहि वर्ष नियमित विभिन्न कार्यक्रम गरिरहेकोमा कार्यसमितिका सदस्यहरुको कार्य व्यस्तता, मञ्चको कार्यालय व्यवस्थापन हुन नसक्दा संस्था निष्कृय भएकोले २०८० सालमा विद्यालयका सहायक प्रअ तथा पुर्व विद्यार्थी खेमराज बराल (ध्रुब), पुर्व विद्यार्थीहरु हिमलाल उपाध्याय, कृष्ण रानाभाटको सक्रियतामा पुर्व विद्यार्थीहरुको भेलाले मिडिया संचालक कृष्ण रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।
पछिल्लो समय संस्थालाई विधिवत दर्ता गरेपछि विद्यालयमा धेरै कार्यहरु गर्दै आएको छ । विद्यार्थीहरुलाई न्यानो कपडा, स्कुल ड्रेस वितरण, पत्रकारिता तालिम, चित्रकला प्रतियोगिता, साहित्यीक कार्यक्रमहरु, विद्यालय परिसरमा सरसफाई, पुर्व विद्यार्थीहरु विच पुनःमिलन कार्यक्रम, वनभोज कार्यक्रम, २३ सय विद्यार्थीहरुको ३ दिन लगाएर आँखा स्क्रीनिङ लगायतका कार्यहरु गरेको सचिव शालिकराम भण्डारीले वताउनुभयो ।
उक्त कार्यक्रमहरु सम्पन्न गर्नको लागि छोरेपाटन माविका प्रधानाध्यापक डिल्लिराम शर्मा, सिटिजन फर्निचर, न्युरोड, हिमालय आँखा अस्पताल, घारीपाटन, पोखरा महानगरपालिका सरसफाई शाखा, स्वतन्त्र पत्रकार संघ कास्की, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, देवराज आचार्य, रेनुका थेबे लगाएतले विशेष सहयोग गरेका कोषाध्यक्ष कविता गुरुङले वताउनुभयो ।
संस्था स्थापना देखि नै विभिन्न क्रियाकलापहरु गर्दै आएको र पोखरा महानगरपालिकाले वर्षौ देखि विद्यालयले हकभोग गरेको डेभिज फल तेश्रो व्यक्तिलाई लामो समयको लागि लिजमा दिन लागेकोमा स्कुलकै हुनु पर्ने धारणा राख्दै आएको र सदस्यता वृद्धि अभियान अन्र्तगत घर दैलो कार्यक्रम गरे पश्चात हाल पुर्व विद्यार्थीहरु संस्थामा आवद्ध हुन इच्छुक भएका हुन् ।