साधना केन्द्रमा रुद्राभिषेक लगायत अनुष्ठान शुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर स्थित नदिपुर स्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्रमा योग, ध्यान, साधना सहितको विभिन्न पारम्परिक उपचार पद्धतिबाट रुद्राभिषेक तथा ग्रहदोष निवारण सम्बन्धि विषेश कार्यक्रम शुरु भएको छ ।

अनन्त श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा आयोजित उक्त कार्यक्रम साउन महिनाभर पोखरामा हुने हिमालयन सिद्ध महायोग साधना केन्द्रका अध्यक्ष विष्णु प्रसाद शर्माले वताउनुभयो ।

जगत्गुरु श्रीरामाचार्य सेवापिठ चतरा, सुनसरी एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा विशेष अनुष्ठान (पारम्परिक उपचार पद्धति) सहित ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श र सद्गुरुदेवबाट दिव्य सत्संग कार्यक्रम हुने नारायण स्थान धार्मिक विकास समिति अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका पिठाधिष महेश पराजुलीले वताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला