
पोखरा । गुरू पुर्णिमाको अवसर पारेर आफुलाई शिक्षा दिक्षा दिने गुरुलाई पोखरामा सम्मान गरिएको छ ।
विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरबाट वि.सं.२०२९ सालको प्रवेशिका परीक्षामा सहभागी भई उत्तिर्ण भएका विद्यार्थीहरुले बिहीबार विशेष कार्यक्रमका विच सम्मान गरेका हुन्। गुरूहरु नरहरि भट्टराई, शालिग्राम अधिकारी,शिवप्रसाद पराजुली, ईन्द्र बहादुर थापा, हरिलाल तिमिल्सिना र भानुभक्त पौडेललाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको शिक्षासेवी लेखनाथ लामिछानेले जानकारी दिनुभयो ।
सम्मानित गुरूहरुले आफुले शिक्षा दिक्षा दिएर विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका आफ्ना पुर्व विद्यार्थीको सम्मानले विगतको स्मरण गराएको बताएका थिए ।
५० वर्ष पछि पाएको सम्मानले जीवनमा थप उर्जा मिलेको भन्दै सम्मानित गुरूहरुले प्रशंसा गरे । जिवित गुरूहरुको सम्मान र देहावसान भएका गुरूको स्मरणमा कार्यक्रम गरिएको तत्कालीन जिल्ला विकास समिति कास्कीका सदस्य हुतराज शर्माले बताउनुभयो ।
सो व्याच समुहका अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा दिपक पौडेल, हुतराज शर्मा, शान्ती रमण पौडेल, होमनाथ आचार्य, निर बहादुर बानियाँ लगायतकाले गुरू पुर्णिमाको अवसरमा अग्रज गुरुको सम्मान र दिर्घ जीवनको कामना गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस अवसरमा गुरूहरु प्रति समर्पित कविता वाचन समेत गरिएको थियो । समुहका सदस्य चिन प्रसाद गुरुङले स्वागत र कार्यक्रमको सन्चालन सचिव लेखनाथ लामिछानेले गर्नुभएको थियो ।
राजनीति, शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील त्यस ब्याचका विद्यार्थीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्ने योजना समेत बनाएका छन् ।