पटनाबाट इन्डो नेपाल मनसुन कार र्‍यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार र्‍याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।
पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुभयो ।
पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको थियो ।
उक्त टोलीले बञ्जी, जीपलाइन, स्वीङ लगायतका गतिबिधिका साथै पोखरामा अफरोड कार ड्राइभ सहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उहाँले जानकारी दिनुभयो ।
पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाल लगायत संघसंस्थाले सहयोग गरेका थिए ।
पटनाबाट बीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार र्‍यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताउनुभयो ।
पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उहाँको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवम् कार र्‍याली संयोजक सुमिता साही, उपाध्यक्ष एस के सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।
नेपालको पर्यटन प्रवद्धनमा कार र्‍याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उहाँको भनाइ छ ।
भारतीय पर्यटकको कार र्‍याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
पोखरा सबै मौषमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पुर्‍याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला