बक्स पोखराको आयोजनामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ ।
खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
टिममा राष्ट्रिय खेलाडीहरु आवश्यकता अनुसार सहभागी गराउन पाउने आयोजक बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ । खेललाई जीवनशैली बनाएर खेलकुदको विकाससँगै स्वस्थता प्रदान गर्नपनि प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ ।
संघका अध्यक्ष गुरुङले भन्नुभयो,‘तिव्र गतिको हुने भएकाले फुटसल रोमाञ्चक हुनुका साथै आत्मअनुशासन, सहकार्य र नेतृत्व विकासमा सघाउ पुर्याउँछ भन्ने हाम्रो विश्वास हो ।’

प्रतियोगिताको बिजेताले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बक्स पोखराका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद ६/६ हजारसहित ट्रफी र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट १० लाख आम्दानी गरेर ३ लाख बचत गर्ने लक्ष्य आयोजकको छ ।
‘बचत रकम क्लवले गर्ने खेलकुदका विभिन्न गतिविधिमा खर्च गरिनेछ’–संयोजक गुरुङले भन्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला