कृर्षि संजाल बैदाम द्धारा प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउन तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , असार १५ । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृर्षि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृर्षिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।
तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउन सिकाउनुभएको थियो ।
बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए ।

कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय विरुवा समेत वितरण गरिएको अध्यक्ष विन्द्रा धरेल जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले कौसि खेति सहित करेसा बारीमा प्रयोग हुने मलहरु ऋाफैले उत्पादन गर्ने सके स्वास्थ र अर्गानि तरकारी र फलफुल खान पाइने बताउनुभयो । उहाँले भन्नुभयो “रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मललाई जैविक मलका रुपमा प्रयोग गर्ने सकिने बताउदै झोल मल गाइ बस्तुको गोबर , पिसाब ई.एम वा जिवातु र पानिको मिश्रण बाट तयार गरिने जानकारी दिनुभयो ।
उहाँले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले वडा भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।
वडा सदस्य बासु बरालले कृर्षि संजाल बैदामले रासायनिक मलले पुराएको असर भोग्दै आएका किसानलाई संजालले प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउने तालिम दिएकोमा खुशि ब्यक्त गर्नुभयो ।
वडा सदस्य शोभा जलारीले बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
संजालकी अध्यक्ष विन्दा धरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपाने र सचिब चन्द्रकला घिमिरे पहारीले लगाएतले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान सके मात्र तालिमको महत्व बढने बताएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला