
कास्की जिल्ला रग्बी संघको आयोजनामा संचालित पोखरा T1 विद्यालय स्तरीय रग्बी प्रतियोगितामा लेखनाथ मेमोरियल ईङ्लिस बोडिङ स्कू च्याम्पियन भएको छ ।
शनिबार लेखनाथ रंगशाला भण्डारढिकमा भएको छात्र तर्फको फाईनल खेलमा सोसल पब्लिक स्कूललाई १-० ट्राईले पछि पार्दै च्याम्पियन बनेको हो ।
छात्र तर्फ लिटल फ्लावर एजुकेशन एकेडेमिलाई १-० ट्राईले पछि पार्दै लेखनाथ मेमोरियल ले दोहोरो उपाधि कब्जा गरेको हो ।
प्रतियोगितामा छात्र तर्फ लिटल फ्लावरले न्यू एरा एकेडेमिलाई २-१ ट्राईले पछि पारी तृतीय बन्दा न्यू एरा सान्तवना बन्न सफल रह्यो ।
छात्रा तर्फ न्यू एरा एकेडेमिले सोसल पब्लिक स्कूललाई पेनाल्टी,नक अन र मेजोरिटि मिस्टेकका आधारमा पाखा लगाउँदै तृतीय हुँदा सोसल पब्लिकले सान्तवना बन्न सफल रह्यो ।
पोखरा महानगरपालिकाको सहयोग र विद्यालय रग्बी आयोगको समन्वयमा असार १३ र १४ गते दुई दिन सम्म चलेको प्रतियोगिताको दोस्रो दिन पोखरा सेभेन्सको दोस्रो संस्करण स्वरुप गण्डकी प्रदेशका खेलाडीहरुलाई २ टिममा बाँडी मैत्रीपूर्ण खेल सम्पन्न गरियो ।
सो अन्तर्गल टिम मोशेसले टीम संगमलाई ३ ट्राईका बिरुद्ध ५ ट्राईले पछि पारि बिजेता बन्न सफल रह्यो ।
वि.सं. २०७२ सालमा गठन भएको संघले खेलाडी, प्रशिक्षक र रेफ्रि उत्पादनका लागि निरन्तर प्रशिक्षण र प्रतियोगिता संचालन गर्दै आईरहेको छ ।
प्रतियोगितामा पदक बिजेता टिमहरुलाई पोखरा म.न.पा. २९ का वडा अध्यक्ष प्रसाद गुरुङ, राखेप बोर्ड सदस्य मधुसुदन सुबेदी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक बहादुर गोदार, वडा नं २९ का पुर्व अध्यक्ष तथा समाजसेवी चेतबहादुर गुरुङ, विद्यालय रग्बी आयोगका केन्द्रिय सदस्य खिम गुरूङ , विद्यालय रग्बी आयोग गण्डकीका अध्यक्ष मिलन के.सी , लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरी पौडेल र रग्बी संघ कास्की अध्यक्ष सुवास खड्का लगायतले पुरस्कार प्रदान गरेका थिए ।