
पोखरा । “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजना र स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा यही असार १५ मा रोपाई महोत्सव हुने भएको हो ।
लेखनाथ क्षेत्रमा अवस्थित गुँदे तालमा २० औं संस्करणको असारे रोपाई महोत्सव हुने भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस महोत्सवले पर्यटकलाई पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ भन्ने सन्देश दिने र पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा यसले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै यस महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग र्पुयाउने र गुँदेतालको साथै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने पनि उहाँले बताउनुभयो ।
परिषद्का महासचिव जीवनराज सापकोटाले यस असारे महोत्सवमा हिले दौड, रोपाइ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको बताउनुभयो । उहाँले महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकहरुको उपस्थिति समेत रहने बताउनुभयो ।
जैविक विविधताले धनी यस तालमा विभिन्न प्रवासी र आवासीय चराहरू आउँछन्, जसले गर्दा चराचुरुङ्गी प्रेमीहरूको लागि यो अति उयुक्त स्थान हो ।
वि.सं २०५७ सालमा स्थापना भएको यस परिषद्ले विगत २०६१ सालबाट वर्षेनी असारे रोपाई महोत्सव गर्दै आएको छ ।
यस महोत्सव बाहेक परिषद्ले बर्सेनि विभिन्न महोत्सवहरु समेत आयोजना गर्दै आइरहेको छ । जसअन्तर्गत पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन संसाधनहरूको प्रदर्शन गर्ने पोखरा महोत्सव, कला र संस्कृतिको महोत्सव, पर्यटन प्रवद्र्धन अभियानहरू सञ्चालन र पर्यावरण संरक्षण कार्यक्रमहरू समेत गर्दै आइरहेको छ ।