विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । मानवता अभियानको आयोजनामा विद्यालयस्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता २०८२ काठमाण्डौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ वटा विद्यालयहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु सराहनीय कुरा भएकोले विद्यार्थीहरूको सोच, कला र दृष्टिकोण विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले खुला निर्णय अर्थात ओपन जजमेन्ट मार्फत निष्पक्ष मूल्यांकन गर्दै चित्रमा विचार, सन्देश र सिर्जनशीलतालाई मुख्य मापदण्ड रहेको बताउनुभयो ।

विशेष अतिथिहरु योगिनी सरितानन्दी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सन्जय बान्तवा राई, प्याब्सनका केन्द्रीय महासचिव आर. बि. कटुवाल र एनप्याब्सन अध्यक्ष अमृत कुमार खड्का लगाएतले विद्यार्थीहरूको कलात्मक आत्मविश्वास, रङ संयोजन क्षमता र सामाजिक सन्देश समेट्ने शैलीको खुलेर प्रशंसा गरेका थिए ।
प्रतियोगितामा प्रथम नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का, दोस्रो अरुणिमा सेकेन्डरी स्कुलका श्रीकन्या चाम्लिङ र आरोही खरेल र तेस्रो कौशल इङ्लिस सेकेन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरिया भएका थिए ।

मानवता अभियानका अध्यक्ष द्वारिका निरौलाले सिर्जनात्मकता भनेको विद्यार्थीको आत्मा हो, र हामी त्यो आत्मालाई उजागर गर्ने प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कमिटी एनप्याब्सन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट एकेडेमीको सहकार्य रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला